नेपाल टी–२० लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा मेहबुब र आदिल पक्राउ

माघ ९, काठमाडौँ । नेपाल टी–२० लिग हुँदा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले जनाएको छ । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर खेलाडी हुन् । अन्सारीले भने अमेरिकाविरुद्धको गत जेठमा भएको खेलबाट राष्ट्रिय टिम खेल्न सुरु गरेका थिए । उनीहरुले नेपाल क्रिकेट संघ क्यानको रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ । सीआईबीका…

पुरा पढ्नुहाेस्