नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने, के हो ई–सिम ?

बैशाख १५, काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने भएको छ । टेलिकमले निकट भविष्यमा नै ई–सिम उपलब्ध गराउने सम्बन्धमा मोन्टी युके ग्लोबलबीच सम्झौता सम्पन्न गरिसकेको छ । टेलिकमका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टीका स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच आइतबार सम्झौता भएको हो । सम्झौताअनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउनेछ । प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकमले नयाँ–नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिमसमेत उपलब्ध गराउने भएको र यसका लागि…

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको सबै नेटवर्कमा चल्ने ‘अल नेट भ्वाइस प्याक’ सेवा

चैत्र १७, काठमाडौँ । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक ल्याएको छ । कम शुल्कमा अन्य सेवा प्रदायकको नेटवर्कमा समेत कुराकानी गर्न सकिने गरी उक्त प्याक ल्याएको कम्पनीले जानकारी दिएको हो । कम्पनीका अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँमा र एक हजार २०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपियाँमा प्रयोग गर्न सकिनेछ । यसैगरी बिहान ५ देखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० देखि…

पुरा पढ्नुहाेस्

टेलिकमको ४९ रुपैयाँमै अनलिमिटेड भ्वाइस र डेटा अफर

फागुन १, काठमाडौँ । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ । प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो । टेलिकमका अनुसार ४९ रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा पाइनेछ । ग्राहकले १ एमबीपीएस गतिमा डेटा चलाउन सक्नेछन् । अनलिमिटेड भ्वाइस टेलिकमको नेटवर्कभित्र मात्रै प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । *१४१५# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपबाट यो सेवा लिन सकिनेछ । यो अफर फागुन १ र २ गतेका लागि मात्र लागू हुनेछ ।

पुरा पढ्नुहाेस्

टेलिकमको खुद नाफा १८ प्रतिशतले बढ्यो

माघ २९, काठमाडौँ । चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १८.४९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब २८ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३ अर्ब ८९ करोड पुगेको छ । यस अवधिमा कम्पनीले सेवा बिक्रि वापत १९ अर्ब २० करोड आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले सेवा बिक्रि वापत १७ अर्ब ७२ करोड आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको रिजर्भ पनि बढेको छ । कम्पनीको रिजर्भ…

पुरा पढ्नुहाेस्

टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन

माघ २२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवाप्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढङ्गले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएका हुन् । जस्तोसुकै प्राकृतिक विपत्तिको समयमा पनि यो कम्पनीले दुर्गम क्षेत्रमा समेत सुलभ सेवा दिएको भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले यसलाई अझै ग्राहकमुखी बनाउँदै लक्ष्य प्राप्त गर्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले टेलिकमलाई अझै अग्रणी र जिम्मेवार बनाउन…

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमले गाउँगाउँमा टेलिफोन तथा इन्टरनेट पुर्‍याउने

पुस २, काठमाडौँ । नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरुमा सम्झौता अनुसार टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउने भएको छ । स्थानीय तहअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउन संघीय मामिला मन्त्रालय र टेलिकमबीच सम्झौता भएको हो । सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव डा. गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । मन्त्रालयले यी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र टेलिकमसँग आवश्यक सहजीकरण तथा…

पुरा पढ्नुहाेस्

टेलिकमको ब्राण्ड एम्बेसडरमा ‘मह’जोडी

मंसिर २९, काठमाडौं । नेपाल टेलिकमले महजोडीको नाममा परिचित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे । कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत गरेकी थिइन्…

पुरा पढ्नुहाेस्

टेलिकमको एनजीएन प्रविधि आगामी वर्षभित्र सञ्चालनमा आउने

मंसिर २८, काठमाडौँ । नेपाल टेलिकमले आगामी आर्थिक वर्षभित्र एनजीएन (नेक्स्ट जेनरेसन नेटवर्क) प्रविधि सञ्चालनमा ल्याउने भएको छ । दूरसञ्चार सेवामा अत्याधुनिक मानिएको यो प्रविधि सञ्चालनमा आएपछि आधारभूत टेलिफोनको एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन, केबुल टेलिभिजन प्रयोग गर्न सकिन्छ । टेलिकमको आधारभूत टेलिफोन निर्देशनालयका निर्देशक विष्णुप्रसाद कसजुका अनुसार तीन वर्षभित्र १ हजार ८६ एन्सेस गेवटे मार्फत देशभरि सेवा विस्तार गरिनेछ । टेलिकम सञ्चालक समितिले गत वर्ष एनजीएन प्रविधि भित्र्याउने निर्णय गरेको थियो । आगामी आवभित्र सेवा सञ्चालन गर्नेगरी काम भइरहेको टेलिकम आधारभूत निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार…

पुरा पढ्नुहाेस्

चाडपर्व लक्षित टेलिकमको अफरै अफर

कार्तिक २०, काठमाडौं । चाडपर्वलाई लक्षित गरी नेपाल टेलिकमले विभिन्न अफर दिएको छ । दसैँ सुरु भएसँगै दिएको अफर तिहार, न्हुँदया र छठका लागि पुनः सुरु भएको छ । अफरमा डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर रहेको छ । अफरमा डेटा प्याकअन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनका लागि २० जिबी डेटा र ९८ रुपैयाँमा तीन दिनका लागि ६ जिबी डेटा प्रयोग गर्न सकिने जनाइएको छ । त्यस्तै, एक दिनका लागि एक एमबिपिएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । भ्वाइस सेवाअन्तर्गत २५ रुपैयाँमा २४ घन्टाभित्र…

पुरा पढ्नुहाेस्

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

असोज १८, खोटाङ । जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो । दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताए । “नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर…

पुरा पढ्नुहाेस्