नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

पुस २०, काठमाण्डौ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । कम्पनीको प्रवक्ता राजेश जोशीको प्रेस विज्ञप्तिमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७८।९।१८ को पत्रानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक श्री प्रतिभा वैद्यलाई मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ । उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै…

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

पुस २२,काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । अधिकारी नेपाल टेलिकमकै दशौं तहका…

पुरा पढ्नुहाेस्