नेपाल भारतसँग पराजित, सेमिफाइनलमा कजाकस्तानसँग खेल्ने

जेठ १०, काठमाडौँ । प्रतिस्पर्धात्मक खेलमा नेपाललाई पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेन्जकप २०२३ को समूह ‘ए’ विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा सम्पन्न खेलमा भारतले ३-१ को रोमाञ्चक जित निकाल्यो । प्रतिस्पर्धात्मक खेलमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि ब्लक र डिफेन्समा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले हार टार्न सकेन । निर्णायक बनेको चौथो सेटमा नेपाल अन्तिम समयमा लगातार पाँच अंक गुमाउँदा चार अंकले पछि पर्‍यो । रिसिभ र ब्लकमा सटिक देखिएको भारतले चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्‍यो । त्यसअघि तेस्रो सेटमा…

पुरा पढ्नुहाेस्