औद्योगिक क्षेत्रमा ‘लोडशेडिङ’ सुरु

बैशाख १५, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली ल्याउन नसकेपछि औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोडशेडिङ (विद्युत् कटौती) गर्न थालेको छ । प्राधिकरणले बुधवार पूर्वसूचना दिएरै औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालेको हो । प्राधिकरणले बुधवार बिहान १० बजेबाट ४८ घण्टासम्म अर्थात दुई दिन औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने सूचित गरेको छ । यस अवधिमा फरक फरक समयमा विद्युत् कटौती हुनेछ । कुनै उद्योगमा दैनिक १२ र कुनैमा १६ घण्टासम्म विद्युत् कटौती हुने प्राधिकरणको भनाइ छ । नेपालमा ४ वर्षपछि लोडशेडिङ फर्किएको हो । १५ वर्षदेखिको लोडशेडिङ २०७५ वैशाख ३१…

पुरा पढ्नुहाेस्

डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु

बैशाख ७, बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम सुरु भएको जानकारी दिए । सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजना प्रमुख रोशन अग्रवालले सम्झौतालगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको बताए । आयोजनाको…

पुरा पढ्नुहाेस्

वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा सिमित

माघ ९, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट गत वर्षको तुलनामा यस वर्ष २.८२ प्रतिशत बिन्दुले विद्युत् चुहावट घटाइएको प्राधिकरणले जनाएको छ । गत वर्ष मंसीरसम्म वितरणतर्फको विद्युत् चुहावट ११.९२ प्रतिशत थियो । प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालू आर्थिक वर्षमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ…

पुरा पढ्नुहाेस्

विद्युतीय सवारी चार्जका लागि छुट्टै मिटर राख्न पाइने

माघ ५, काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिले आफ्नै घरमा छुट्टै मिटर राख्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरूले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली,२०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको गत पुस २० गतेको ८९२ औं बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा…

पुरा पढ्नुहाेस्

२५ अर्ब खर्चेर २ वर्षभित्र कर्णाली र सुदूरपश्चिममा भरपर्दो बिजुली पुर्‍याइने

मंसिर १६, काठमाडौं । सरकारले विशेष योजना बनाएर कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारको काम अगाडी बढाएको छ । कर्णाली प्रदेशका जिल्लामा बिजुली उपलब्ध गराउने कोहलपुर- सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणका लागि केही दिनअघि मात्रै एशियाली विकास बैंकसँग ऋण सम्झौता भएको छ । विद्यमान ३३ केभी क्षमताको प्रसारण लाइनको स्तरोन्नति गरेर हाइभोल्टेज प्रसारण लाइन निर्माण गरिन लागेको छ । सो प्रसारण लाइनको क्षमता वृद्धिका लागि नेपाल विद्युत् प्राधिकरणले धेरै पहिलेदेखि प्रयास गरे पनि राष्ट्रिय निकुञ्जभित्रका रुख कटान तथा वन क्षेत्रको जग्गा प्राप्तिमा समय लागेका कारण अपेक्षित…

पुरा पढ्नुहाेस्

घट्दै विद्युत आयात, ९ अर्ब जोगिने

मंसिर ३, काठमाडौँ । यस अर्थिक वर्षमा भारतबाट आयात हुने विद्युत् घट्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगलाई उपलब्ध गराएको विवरणअनुसार गत वर्षको तुलनामा यस वर्ष भारतबाट १ अर्ब २५ करोड ३९ लाख ७६ हजार किलोवाट घण्टा कम विद्युत् आयात हुनेछ । जुन गत वर्षको तुलनामा करिब ९ अर्ब रुपैयाँ कम हो । गत आर्थिक वर्षमा प्राधिकरणले भारतबाट २१ अर्ब ३९ करोड ४४ लाख ८५ हजार रुपैयाँ बराबरको २ अर्ब ८२ करोड ६२ लाख ९ हजार युनिट बिजुली आयात गरेको थियो । तर चालु आर्थिक वर्षमा भने १२ अर्ब ४० करोड…

पुरा पढ्नुहाेस्