नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

माघ २४, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । जानकी फाइनान्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनश शेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ८८ रूपैयाँ ७८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ६ सय ७७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीको २५औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि…

पुरा पढ्नुहाेस्

साताको शेयर बजारः १६७.९७ अंकको सुधार, कुल बजार पूँजीकरण २ खर्ब बढीले वृद्धि

पुस २४, काठमाडौँ । यो साता नेप्से परिसूचक साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । गत साता २५२४.५० विन्दुमा बन्द भएको नेप्से, यस साता ६.६५ प्रतिशत अर्थात १६७.९७ अंक बढेर २६९२.४७ विन्दुमा पुगेको छ । यो साता पाँच दिनको कारोबारमा चार दिन बजार बढेको छ भने एक दिन घटेको छ । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ६०.४१ अंकले बढेको थियो भने दोस्रो दिन ३२.०३ र तेस्रो दिन ६३.०१ ले बढेको थियो । चौथो दिन भने नेप्से परिसूचकमा ३०.७७ अंकको करेक्सन भएको थियो । सो दिनको करेक्सनपछि पाँचौ दिन…

पुरा पढ्नुहाेस्

दुई कम्पनीको शेयर मूल्य समायोजन

मंसिर २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसि फाइनान्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ९१९.८८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयरमूल्य रू. २ हजार ५४० रहेको थियो । स्वाभिमान लघुवित्तले ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव…

पुरा पढ्नुहाेस्

साताभर शेयर बजारमा उतारचढाव

कार्तिक १९, काठमाडौं । यो साताभर शेयर बजारमा केही घटबढ भैरहयो । केही घटेर बढिरहेको नेप्से साताको अन्तिम कारोबार दिन दुई हजार आठ सय ४८.८४ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३१.८ अंकमा पुगेर रोकिएको छ । यो साता कुल दुुई सय ३२ वटा कम्पनीको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ८३ हजार नौ सय १२ पटकको कारोबारमा चार करोड ७२ लाख ७५ हजार छ सय ३९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २८ अर्ब २२ करोड ७५ लाख १३ हजार तीन…

पुरा पढ्नुहाेस्

नेप्सेको सीईओ नियुक्तिको लागि दरखास्त आह्वान

कार्तिक १३, काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत पदका लागि सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेको छ । अर्थमन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिले १५ दिन भित्रमा शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ । प्रमुख कार्यकारी अधिकृत बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यवसायिक कार्ययोजना समेत पेश गर्नु पर्नेछ । यस पदकालागि बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, बाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको हुनु पर्ने छ । यस्तै अर्थ मन्त्रालय सम्बद्ध…

पुरा पढ्नुहाेस्

सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

असोज ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । विहीबार सुचना जारी गर्दै नेप्सेले आव २०७८/७९ को धितापत्रको वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको हो । रू. ५० करोडसम्म चुक्तापूँजी रहेको कम्पनीका वार्षिक नविकरण शुल्क लाग्ने ५० हजार रुपैयाँ लाग्ने नेप्सेले जानकारी गराएको छ । त्यसैगरी, रू. ५० करोडभन्दा बढी चुक्तापूँजीका भएका कम्पनीले नवीकरणबापन १ लाख रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ । डिबेञ्चर, म्युचुअल फण्डको चुक्तापूँजी ५० करोडसम्म भएकाले २५ हजार र ५० करोडभन्दा बढी भएकाले ५० हजार रुपैयाँ वार्षिक…

पुरा पढ्नुहाेस्

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

भदौ ४, काठमाडौं । संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकालेको हो । सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय…

पुरा पढ्नुहाेस्

१४ दिनपछि नेप्सेको वृद्धिमा गिरावट

माघ १३ काठमाडौं । नेप्से परिसूचकमा निरन्तरको वृद्धिमा गिरावट आएको छ । कारोबार भएको १४ दिनदेखि निरन्तर बढ्दै आएको परिसूचकमा मंगलबार घटेको हो । यो दिन सेयर बजार परिसूचक नेप्से १७/७९ अंकले घटेको छ । सो गिरावटसँगै बजार परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको छ । यो दिन कुल ८ अर्ब २७ करोडको कारोबार भयो । यो दिन १२ वटा उपसूचक मध्ये होटल र फाइनान्स कम्पनी समूहबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी व्यापारमूलक क्षेत्रमा ३ प्रतिशत भन्दा बढी धेरैले घटेको छ । आज…

पुरा पढ्नुहाेस्