पत्रकारको न्यूनतम मासिक पारिश्रमिक ४० हजार बनाउन समाजवादी प्रेस संगठनको माग

आश्विन ९, काठमाडौ । समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको आज भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवा सुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ । उपत्यका प्रदेश इन्चार्ज शान्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महँगीलाई दृष्टिगत गर्दै पत्रकारको न्यूनतम मासिक पारिश्रमिक रु ४० हजार सिफारिस गर्न माग गरेको छ । साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि सबै सरोकारवालासँग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश…

पुरा पढ्नुहाेस्