पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप

जेठ १३,काठमाडौँ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । अहिले कोशी सभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ । प्रदर्शन स्थलबाट किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । राई पक्राउ परेसँगे पक्राउ पर्नेको सङ्ख्या २६ पुगेको…

पुरा पढ्नुहाेस्