पहिरोका कारण बन्द नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

माघ ७,काठमाडौँ । सुक्खा पहिरोका कारण रातिदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । डोजरले पहिरो पन्छाएपछि सडक दुवैतर्फ खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख एसपी ओम अधिकारीका अनुसार बिहानदेखि रोकिएका गाडीको लामो लाइन भएका कारण यस सडक खण्डमा केहीबेर चाप रहनेछ । सहज रुपमा गाडी गुड्न करिब एक घण्टा लाग्ने उनले जानकारी दिए । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको थियो ।

पुरा पढ्नुहाेस्