पाकिस्तानमा बस दुर्घटना: कम्तीमा ४० जनाको मृत्यु

माघ १५,काठमाडौँ । पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पुलको पिल्लरमा ठोक्किएर तल खाल्डोमा खसेलगत्तै बसमा आगो लागेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । बसमा ४८ जना यात्रु रहेका विवरण प्राप्त भएको र बाँकीको खोजी भइरहेको भन्दै पाकिस्तानी प्रहरीले बसमा रहेका सबैको ज्यान गएको आशङ्का गरेको छ । दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।

पुरा पढ्नुहाेस्

पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

असार २९, काठमाण्डौ । पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरु यात्रापछि घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । पुराना सडक, चालकको लापरबाही आदि कारणले पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । दुर्घटनाबारे…

पुरा पढ्नुहाेस्