पार्टीका मन्त्रीहरुलाई माधव नेपालको प्रशिक्षण

असार १५, काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । दुई दिनअघि मन्त्रीको शपथ दिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् । पार्टी कार्यालय तीनकुनेमा एक घण्टादेखि नेपालले नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिइरहेको एक नेताले जानकारी दिए । मन्त्री भएपछि के गर्ने के नगर्ने भनेर उनले प्रशिक्षण दिइरहेका छन् । यसअघि मन्त्री भएकालाई पनि मन्त्री हुनेबित्तिकै प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक…

पुरा पढ्नुहाेस्