पाल्पाको तानसेन–तम्घास सडक २२ गतेसम्म बन्द हुने

पुस १३,काठमाडौँ । पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ । हिजोदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा बनाउने काम गरिरहेकाले पुस २२ गतेसम्म सडक बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे तीन बजे बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको हो । पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए । पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने…

पुरा पढ्नुहाेस्