पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

पौष ३०, काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन एआईपी सार्वजनिक गरेसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त विमानस्थल औपचारिक रूपमै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको छ । हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसनसँगै विमानस्थलले प्रदान…

पुरा पढ्नुहाेस्

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी

पौष १६,काठमाडौँ । पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् भोलिदेखि अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन् । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए । उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उनले भने, ‘विमानस्थल उद्घाटन…

पुरा पढ्नुहाेस्