पोखरामा इन्टरनेट सेवा बन्द !

पौष २१,पोखरा । पोखरामा इन्टरनेट सेवा बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको मुख्य ुअपरेशन सेन्टरु मा विद्युत् विच्छेद गरेकोले सेवा बन्द भएको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ । विद्युत् प्राधिकरणले अत्यावश्यक सेवासम्बन्धी कानुन र मानव अधिकारकै उल्लङ्घन गरेको आईस्पानको आरोप छ । प्राधिकरणले विद्युत् विच्छेद गरेपछि वैकल्पिक माध्यमबाट सेवा दिने कोसिस गरे पनि सम्भव नभएको आईस्पानको दाबी छ । यसको जिम्मेवार प्राधिकरण भएको र क्षतिपूर्ति पनि उसैले दिनुपर्ने आईस्पानले जनाएको छ । विद्युत् प्राधिकरणले एकतर्फीरूपमा बढाएको सात सय प्रतिशतसम्मको पोल भाडा दिन नमानेकै कारण…

पुरा पढ्नुहाेस्