पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रीकालिन उडान हुने

फागुन २४, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रीकालिन उडान सुरु हुने भएको छ । रात्रीकालिन उडानको लागि सबै प्रविधि र जनशक्ति उपलब्ध भएका कारण उडान सुरु गर्न थालिएको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक उडानलाई भएपनि रात्रीकालिन उडान सुरु गर्न लागिएको हो । पोखरामा रात्रीकालिन उडान गर्नको लागि केहि कम्पनीले इच्छा देखाइसकेका विमानस्थलका प्रमुख प्रमुख विक्रमराज गौतमले बताए । उनका अनुसार रात्रीकालीन उडानका लागि हालसम्म बुद्ध एयरले चारवटा जहाज पोखरामै रात्री विसान गर्दै उडान गर्न तालिका पेस गरेको छ । आइएफआर कार्यान्वयनमा आएसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका…

पुरा पढ्नुहाेस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल

फागुन १८,काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौैदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो । सौर्य चढेर पोखरा उत्रिएका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको भन्दै फेसबुकमा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘‘‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आइएफआर उडान सफलतापूर्वक…

पुरा पढ्नुहाेस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आशंका उब्जिने खतरा

माघ ४, काठमाण्डौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो । ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ । यती एयरलाइन्सको ९ एन एएनसी कल साइनको एटिआर ७२ ५० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना विदेशीको ज्यान गयो । दुर्घटनाले दुई साताअघि सन् २०२३ जनवरी १ मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि प्रश्नचिह्न उठ्ने खतरा बढेको सरोकारवालाको चिन्ता छ । विमानस्थलका भौतिक पूर्वाधार बेलैमा…

पुरा पढ्नुहाेस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

पौष २२, काठमाडौँ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएण्डएम गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उक्त आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र यसबाट मुलुकले यथेष्टरुपमा लाभान्वित हुने अवस्था सिर्जना गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको जनाउँदै उनले विमानस्थलको भरपुर प्रयोगका लागि गर्नुपर्ने काममध्येको महत्वपूर्ण काम भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए। पोखरा विमानस्थल राष्ट्रिय…

पुरा पढ्नुहाेस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भोलि हुने

पौष १६, कास्की । पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् भोलिदेखि अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन् । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए । उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल…

पुरा पढ्नुहाेस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली

पौष ८, काठमाण्डौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान÷अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको नीजि क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेली उत्साहित छन् । यही पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि विमानस्थलबाट व्यावसायिकरुपमा आन्तरिक तथा बाह्य उडानको योजना नेपाल नागरिक उड्डयन प्राधिरणले बनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागि नसके पनि आन्तरिक उडान…

पुरा पढ्नुहाेस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने

कार्तिक २, काठमाण्डौ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ । तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ। विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १।३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ। प्राधिकरणका प्रवक्ता…

पुरा पढ्नुहाेस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः डाँडाकटान अघि बढ्यो, ल्याण्डफिल साइट अझै चुनौती

भाद्र २१, काठमाण्डौ ।  पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ निर्माण कम्पनीसँगको ठेक्का सम्झौताअनुसार विमानस्थलका प्रायःसबै काम सकिएका छन् । विमानस्थलको पूर्वाधार निर्माणका काम सकिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण९क्यान०ले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ जनवरी १ अर्थात् आगामी पुस १७ देखि विमानस्थल सञ्चालन गर्ने निर्णय गरिसकेको छ । क्यानले विमानस्थल सञ्चालनको निर्णय गरे पनि पोखरेलीले भने विमानस्थल तोकिएको मितिमा सञ्चालनमा आउनेमा आशङ्का व्यक्त गर्दछन् । विमानस्थल नजिकको रिठेपानी डाँडा कटान र नजिकको ल्याण्डफिल साइट नहट्दासम्म विमानस्थल सञ्चालनमा आउन नसक्ने भएकाले यो आशङ्का…

पुरा पढ्नुहाेस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखेर उडान गर्ने बुद्ध एयरको घोषणा

माघ २५, काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलमा ५ वटा जहाज राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । अहिले काठमाडौंलाई हव मानेर कम्पनीले आन्तरिक तथा बाह्य उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रियरअन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ  

पुरा पढ्नुहाेस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा गर्न प्रधानमन्त्रीको निर्देशन

आश्विन २५,पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल गर्ने बताउँदै तोकिएको समयमै काम सक्ने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन् । आइतबार पोखरा आइपुगेका देउवा सोमबार बिहाद विमानस्थलको निरीक्षण तथा प्रगति बुझ्न विमानस्थल पुगेका थिए । विमानस्थलको प्रगति र विद्यमान समस्याबारे आयोजना प्रमुख बिनेश मुनकर्मीले ब्रिफिङ गरेका थिए । विमानस्थलबाट उडान अवरोध गर्ने भएकाले काट्ने भनिएको रिठ्ठेपानी डाँडाको रक ईआईए नहुँदा काम अगाडि नबढेको, उत्तरबाट आउने बाढी विमानस्थल छिर्ने समस्या र त्यसले कटानसमेत गर्ने गरेको समस्या मुनकर्मीले देउवालाई सुनाएका थिए ।  

पुरा पढ्नुहाेस्