पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

मंसिर १२,काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एक हप्ता लामो यान्त्रिक परीक्षण उडान क्यालिब्रेशन फ्लाइट सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ’, उहाँले भन्नुभयो, ‘यान्त्रिक उडानको प्रतिवेदन १५ दिनभित्र आएपछि सार्वजनिक गरिनेछ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि देशभित्र दोस्रो अन्तर्राष्ट्रिय…

पुरा पढ्नुहाेस्

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने

कात्तिक २८,पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । आउँदो जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान आफ्नो कम्पनीले गर्ने घोषणा गर्न पाउँदा गौरवान्दित महसुस गरेको कम्पनीले जनाएको छ । आइतवार, मङ्गलवार र बिहीवार गरी हप्तामा तीन दिन पोखरा–बनारस उडान गर्ने बुद्धले जनाएको छ । यस्तै पोखरा–दिल्ली र पोखरा देहरादुन उडानका लागि एअर ट्राफिक सर्भिसेस अर्थात् एअर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ । अहिले बुद्ध एअरलाइन्सले काठमाण्डौ–बनारस…

पुरा पढ्नुहाेस्

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने

साउन २३, काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति तय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । बैठक संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठको अध्यक्षमा बसेको थियो । यो विमानस्थल सञ्चालनमा आए सँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुग्ने छ ।

पुरा पढ्नुहाेस्

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४ अर्ब ४० करोड रुपैयाँ विनियोजन

जेठ २०, काठमाण्डौ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थल आयोजनाहरुमा ऋण लगानी गर्दै आएको छ । आगामी आर्थिक वर्ष २०७९।८० मा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र ४ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको छ । अर्थ मन्त्रालयका अनुसार यस आयोजनामा चालु आवमा ५ अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ । गत आवमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ३ अर्ब ७ करोड २९ लाख रुपैयाँ बजेट खर्च गरेको थियो ।  

पुरा पढ्नुहाेस्