पोखरेललाई कागती खेतीले दिएको आम्दानी र सन्तुष्टि !

बागलुङ । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका छन् । उनले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाए । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन् । दुई वर्ष अगाडि लगाएका उन्नत जातको कागतीले पनि यस वर्षदेखि फल दिन…

पुरा पढ्नुहाेस्