मैत्रीपूर्ण खेलमा पोर्चुगलको सहज जित

असोज २४, काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले जित निकालेको छ । शनिबार राति भएको मैत्रीपूर्णमा पोर्चुगलले कतारलाई ३-० ले हराएको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे सिल्भाले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको यो पोर्चुगलका लागि १ सय १२ औं गोल हो । ४८ औं मिनेटमा फोन्टेले गोल गर्दा पोर्चुगल २-० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई ३-० को सहज जित दिलाए ।

पुरा पढ्नुहाेस्