प्यूठानमा नेपाली कांग्रेसले पहिलोपटक पायो जिसस नेतृत्व

जेठ ३१, काठमाण्डौ । प्यूठानमा नेपाली कांग्रेसले पहिलोपटक जिल्ला समन्वय समितिको नेतृत्व हात पारेको हो । यहाँ सत्ता साझेदार दलहरुबीच गठबन्धन गर्दै कांग्रेसको नेतृत्वमा समन्वय समिति गठन भएको हो । यहाँ जनमोर्चाले २०४९ देखि २०७४ सालसम्म विभिन्न समयमा जिल्ला सभापति र समन्वय प्रमुख जित्दै आएको थियो । आफूहरुले प्यूठानले इतिहासमै पहिलो पटक समन्वय प्रमुख जितेको नेपाली कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले बताए । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस र राष्ट्रिय जनमोर्चाका बीचमा गठबन्धन भएको थियो । सोहीअनुसार जिससमा पनि गठबन्धन बनेको थियो ।

पुरा पढ्नुहाेस्