विनियोजन विधेयकमाथि आजदेखि मन्त्रीहरूले जवाफ दिने

जेठ ३०, काठमाडौँ । प्रतिनिधि सभामा आजदेखि सांसदहरूले उठाएको प्रश्‍नको जवाफ मन्त्रीहरूले दिँदैछन् । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि उठेको प्रश्‍नहरूको जवाफ मन्त्रीहरूले आज ११ बजे बस्‍ने प्रतिनिधि सभाको बैठकमा दिने भएका हुन् । आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको हो। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालयसँग सम्बन्धित बजेटका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । त्यस्तै, भूमि व्यवस्था,…

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुँदै

जेठ १४, काठमाडौं । प्रतिनिधि सभाको आज (शनिबार) बस्ने बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ । बैठक शनिबार बिहान ११ बजेदेखि सुरु हुँदैछ । बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रम नसकिएका कारण आज पेस गर्ने कार्यसूची छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ । यही जेठ १५ गते (आइतबार) संघीय संसद्को‌ संयुक्त…

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची!

पुस ७, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरी, बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले…

पुरा पढ्नुहाेस्