प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले उठायो १९ करोड राजस्व !

साउन ७, काठमाण्डौ । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष आव २०७७र७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए । भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ । चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक…

पुरा पढ्नुहाेस्