मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकार फेरबदल हुँदैन’

फागुन १५,काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले संसदीय व्यवस्थाको मर्मअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् । नेकपा एमालेको ‘मिसन ग्रास रुट’ अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्मअनुसार अगाडि बढ्छौँ ।’ प्रदेश सभाको ठूलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘अहिलेसम्म सङ्घीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा देखिएको छैन । सत्ता साझेदार दलसँगको आपसी समझदारीअनुसार अगाडि बढिरहेका छौँ । प्रदेश सभामा रहेका सबै दलसँग सहकार्य गरी अगाडि बढ्छौँ…

पुरा पढ्नुहाेस्