प्रदेश–१ को प्रदेशसभा बैठक बस्दै

फागुन १५, काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन । मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छैन । हरेक प्रदेश सभाले आफ्नो प्रदेशको नाम र राजधानीबारे आफै…

पुरा पढ्नुहाेस्

प्रदेश १ मा जम्बो मन्त्रिपरिषद गठन

माघ २३, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रदेशमा रहेका सात मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् । आइतबार थपिएका मन्त्रीहरुमा इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला तथा योजना मन्त्रालय, हिमाल कार्कीले सडक पूर्वाधार तथा शहरी विकास, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै जयराम यादव स्वास्थ्य मन्त्री, रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, राजन राई सामाजिक विकास मन्त्री, खिनु…

पुरा पढ्नुहाेस्

प्रदेश १ मा आज बन्ने मन्त्रीहरुमा को-को छन् ?

माघ २३, काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आइतवार बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय तोकिएको छ । सत्तागठबन्धनमा भागबण्डा मिलाउन प्रदेशमा रहेका सात मन्त्रालय फुटाएर १३ वटा बनाइएको छ । अहिले मुख्यमन्त्रीसहित पाँच मन्त्रालयको जिम्मेवारी छ। आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्नेछन् । माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्नेछन् । एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् । यस्तै‚…

पुरा पढ्नुहाेस्

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिदै

मंसिर १, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदै छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । यसअघि हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो । बन्दका कारण बैठकमा आफ्ना सांसदहरू सहभागी हुन नपाउने भन्दै एमालेले बैठक स्थगनको माग गरेको थियो । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् । सभामुख भण्डारीले सदनमा विपक्षी सांसदहरूको उपस्थित…

पुरा पढ्नुहाेस्

प्रदेश १ को प्रदेश सभा बैठकमा एमालेका सांसद नजाने

  कार्तिक ३०, विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक स्थगित गर्न नेकपा एमालेले गरेको प्रस्ताव सत्तारुढ दलले अस्वीकार गरेको छन् । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रदेश सभा बैठकमा बन्दका कारण उपस्थित हुन नसक्ने भन्दै एमालेले स्थगित गर्न माग गरेको थियो । विप्लव नतृत्वको नेकपाले गरेको बन्दलाई कारण देखाउँदै एमालेका सांसदहरु बैठकमा उपस्थित नहुने भएका हुन् । बन्दको कारण बैठकमा उपस्तिथि हुन नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । ‘हाम्रो प्राय सांसदहरू पहाडमा हुनुहुन्छ । यहाँसम्म आउन बन्दले असहज भयो,’ उनले भने‚ ‘हाम्रो ४१…

पुरा पढ्नुहाेस्

प्रदेश-१: मुख्यमन्‍त्री आचार्यले विश्‍वासको मत लिँदै

कार्तिक १५, काठमाडौँ । प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ । दिउँउो साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्‍त्री भीम आचार्यले विश्‍वासको मत लिँदैछन् । बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची छ । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसभित्रको किचलो र नेकपा एमालेको आग्रहका कारण बैठक आजसम्मका लागि सारिएको थियो । आज बस्‍ने बैठकमा विश्‍वासको मत लिन लागेका मुख्‍मन्‍त्री आचार्य अल्पमतमा छन् । ९२ सदस्‍यीय प्रदेशसभा विश्वासको मत पाउन ४७ जनाको समर्थन आवश्यक…

पुरा पढ्नुहाेस्

प्रदेश-१ को मुख्यमन्त्रीको छिनोफानो आज

कार्तिक ०७, काठमाडौँ । प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे बस्‍दैछ । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन हुने कार्यसूची छ । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्‍मन्‍त्री आचार्यले विश्वासको मत माग्‍दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए । बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो । सोहीअनुसार आज मत विभाजन…

पुरा पढ्नुहाेस्

प्रदेश-१ को प्रदेश सभा बैठक आज, मुख्यमन्त्रीले विश्वास मत लिने

कार्तिक ०५, काठमाडौं । प्रदेश-१ को प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वास मत लिने तयारी गरेको एक सांसदले बताए । भदौ एकमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छन् । कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् ।

पुरा पढ्नुहाेस्