प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेट बसेर स्थगित

माघ ७,काठमाडौँ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो । त्यसअघि राष्ट्रिय गान बजाइएको थियो । . प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिए । नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय यसअघि नै गरेको थियो । हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।

पुरा पढ्नुहाेस्