प्रदेश १ सरकारको वार्षिकोत्सवमा कांग्रेस र प्रचण्ड-माधव समूह गएनन्

फागुण ३, काठमाडौं । नेपाली कांग्रेस र नेकपाको दाहाल– नेपाल समुहले प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम बहिस्कार गरेका छन् । मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेस प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन् । यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक-पटक बोलावट भए पनि उनी अनुपस्थित रहे ।

पुरा पढ्नुहाेस्