प्रदेश २ को प्रदेशसभामा आज नाम र राजधानीबारे छलफल हुने

माघ २, काठमाडौं । प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयलले जनाएको छ । आजको बैठकमा प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधानीको सन्दर्भमा विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग भएका छलफलका निर्णयसहितको प्रतिवेदन आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ । यसपछि प्रदेशसभामा प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए । प्रदेशसभाद्वारा सभामुखको नेतृत्वमा गठन…

पुरा पढ्नुहाेस्

प्रदेश-२: मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

असोज २०, जनकपुरधाम । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेश सभा सचिवालयलाई परिपत्र गरेका थिए । आजदेखि नै प्रदेश सभाको ७ औँ अधिवेशन आह्वान गरिएको छ । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ…

पुरा पढ्नुहाेस्