प्रभु मनि ट्रान्सफर र वेस्टर्न मनि ट्रान्सफरबीच कारोबार सम्झौता

आश्विन १९,काठमाडौँ । नेपालको अग्रणी मनि ट्रान्सफर प्रभु मनि ट्रान्सफरले आफ्नो रेमिट कार्य सेवालाई बढाउदै तथा आफ्ना ग्राहकहरुलाई सहज तथा सरल तरिकाले रकम पठाउनको साथसाथै प्राप्त गर्न वेस्टर्न युनियन मनि ट्रान्सफरसंग सम्झौता गरेको छ । यसले गर्दा ग्राहकले बिदेशमा वेस्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा बित्तीय सस्था , सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै रकम जम्मा हुनेछ । यस कार्यबाट ग्राहकलाई अझ सहज तरिकाले रकम प्राप्त हुने प्रभु मनि ट्रान्सफरका जनरल म्यानेजर रामेश्वर सापकोटाले अनलाइनकेन्द्रलाई जानकारी दिए । सम्झौता पत्रमा वेस्टर्न युनियन नेटवर्क (आयरल्यान्ड)…

पुरा पढ्नुहाेस्