‘बेस्ट फिफा अवार्ड’को मनोनयन सार्वजनिक, को-को परे ?

‘पुस २४, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ‘दि बेस्ट फिफा अवार्ड’ का लागि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको छ । फिफाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीको अन्तिम तीन मनोनयनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी, जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र इङ्ग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह परेका छन् । वर्ष खेलाडी महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास छन् । त्यस्तै वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डिओला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् । महिला…

पुरा पढ्नुहाेस्

फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक

मंसिर ७, एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार ‘द बेस्ट फिफा ‘अवार्डको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् । मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहमद सलाह परेका छन् । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा…

पुरा पढ्नुहाेस्