फिफा विश्वकप: नेदरल्यान्ड्सले सेनेगललाई २-० ले हरायो

मंसिर ६,काठमाडौँ । नेदरल्यान्ड्सले फिफा विश्वकपअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा सेनेगललाई २-० को नतिजामा पराजित गरेको छ। नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र डेभी क्लास्सेनले एक-एक गोल गरे। अल थुमामा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको ८४ मिनेटसम्म नेदरल्यान्ड्सले फ्रेममा आक्रमण गर्न सकेको थिएन। यद्यपि, फ्रान्की डी योङले बायाँतर्फबाट गरेको क्रसमा गाक्पोले उत्कृष्ट रन बनाएर हेडरमा सेनेगलका गोलकिपर एडुवार्डो मेन्डीलाई बिट् गर्दै सुन्दर गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा पछाडी परेको सेनेगललका लागि त्यसको दुई मिनेट नबित्दै पेप ग्वुयेले गरेको सशक्त प्रहारमा डच गोलकिपर एड्रियस नोप्पर्ट बाधक…

पुरा पढ्नुहाेस्