फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक

काठमाण्डौ । आगामी पुष १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई व्यापकता ‘फकाउनै जानिनँ’ बोलको गीत सार्वजनिक गरेको हो । लोकलयको शैलीमा तयार गीतमा दीपक शर्माको शब्द तथा संगीत छ, भने निशान भट्टराई र मेलिना राईले स्वर दिएका छन् । गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतमा भिडियोमा अभिनेत्री आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको नृत्य छ ।

पुरा पढ्नुहाेस्