बारा बस दुर्घटनामा मृतकको संख्या १६ पुग्यो

असोज २०, मकवानपुर । बारामा यात्रुबाहाक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृतकमा चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जना रहेको…

पुरा पढ्नुहाेस्

भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटनामा २६ जनाको मृत्यु

जेठ २३, काठमाडौँ । भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित २८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ । उत्तराखण्डका मुख्यमन्त्री शिवराज चौहानले राहत र उद्दारमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मृतकको शव परिवारको इच्छा अनुसार व्यवस्थापन गरिने जनाएका छन् । यस्तै भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना…

पुरा पढ्नुहाेस्

रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु

जेठ २२, बुटवल । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ८ जना पुरुष र १ जना महिला रहेको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख…

पुरा पढ्नुहाेस्

सानागाउँमा बस दुर्घटना, २५ जना घाइते

बैशाख २९, काठमाडौँ । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीका अनुसार दुर्घटनामा कम्तिमा २५ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ । ‘६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र अन्यलाई पनि ल्याउने काम भैरहेको डीएसपी चौधरीले बताए । उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी छैन । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।

पुरा पढ्नुहाेस्

बर्दियामा बस दुर्घटना, ३५ यात्रु घाइते दुई गम्भीर

माघ २०, काठमाडौँ । बर्दियाको बासगढी नगरपालिका ३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ यात्रु घाइते भएका छन् ।  कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५३८२ नम्बरको बस आज बिहान सवा ३ बजे अनियन्त्रित भएर सडकदेखि अन्दाजी १५ मिटर तल पल्टिएको थियो । दुर्घटनामा घाइतेमध्ये कालिकोटको त्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भिर रहेको छ । दुवैजनालाई उपचारका लागी कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । सामान्य घाइते भएका अन्य ३३…

पुरा पढ्नुहाेस्

मलामी बोकेको बस दुर्घटनाः सात जनाको मृत्यु, आठ घाइते

पुस १८, सुर्खेत । पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ । आइतबार बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । दुर्घटनामा घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ । बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन् । उद्वारकार्य अहिले पनि जारी छ । शवसहित मलामी बोकेर बस…

पुरा पढ्नुहाेस्

जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्‍यु, २७ जना घाइते

मंसिर १२, काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु भएको छ । नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना भएको हो । राति २ बजे भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी २७ जना घाइते भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

दाङमा यात्रुवाहक बस दुर्घटना, २९ जना घाइते

मंसिर ५, दाङ । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा गएराति दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर पठाइएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक दलका चारजना सहित ३९ जना सवार रहेको बस पट्टा भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । बस चालकलाई प्रहरीले…

पुरा पढ्नुहाेस्

भारतमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या ५० पुग्यो

फागुन ५ काठमाडौँ । भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो । मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् र दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५–५ लाख भारु दिने घोषणा गरेका छन् ।

पुरा पढ्नुहाेस्

भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना, २५ को शव भेटियो

फागुन ४ काठमाडौँ । भारतको मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दुर्घटना भएको छ । यात्रीले भरिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । स्रोतका अनुसार बसमा ५४ यात्री सवार थिए । अधिकारीले मृतकको संख्या ४५ जनाभन्दा बढी हुन सक्ने आशंका गरेका छन् । ७ यात्रुको उद्धार गरिएको छ भने ड्राइभरले पौडी खेलेर आफ्नो ज्यान बचाए । उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । स्थानीय समयानुसार बिहान पौने १२ बजे क्रेनको मद्दतले बसलाई बाहिर निकालिएको छ । केही शव बगेका…

पुरा पढ्नुहाेस्