कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको अनुरोध

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको अनुरोध

पुरा पढ्नुहाेस्

मल कारखाना स्थापना गर्दै बाग्मती प्रदेश

माघ १८, हेटौंडा । बागमती प्रदेश सरकारले मल कारखाना स्थापना गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो । केही समयअघि प्रदेशको राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्र र चितवनको औद्योगिक क्षेत्रमा जग्गा खोजीसमेत गरेको थाइल्याण्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले सधैँ मलको हाहाकार हुने गरेको र मलकै कारण सरकार बदनाम हुँदै आएकाले प्रदेशमा सरकारले मल उत्पादन…

पुरा पढ्नुहाेस्

यातायातमा बिचौलियाको प्रवेश रोक्न श्रममन्त्रीको निर्देशन

माघ १३, काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । बिहीबार यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यातायातका काममा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनुपर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यावहारिक काममा मात्रै नभई कानुनि कामलाई पनि अघि बढाएर लैजाने बताए । उनले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए ।…

पुरा पढ्नुहाेस्

बागमती प्रदेश निति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त

पुस १४, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी मनोनित गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधबार आयोगमा उपाध्यक्षसहित दुई सदस्यको मनोनयन गरेका हुन् । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त चयन भएका छन् । त्यस्तै आयोगको सदस्यहरूमा प्रल्हाद लामिछाने र राजु नेपाल मनोनीत भएका छन् । नवनियुक्त पदाधिकारीलाई आज बुधबार नै मुख्यमन्त्री पाण्डे ज्यूवाट पद तथा गोपनीयताको सपथ खुवाईएको मुख्यमन्त्री पाण्डेको निजी सचिवालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

बागमतीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

पुस ९, हेटौंडा । बागमती प्रदेशको नवनियुक्त ६ मन्त्रीहरुले शपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शुक्रबार कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलले शपथग्रहण गरेका छन् । त्यसैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र रजनी अमात्य जोन्छेले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा शपथग्रहण गरेका छन् । मुख्यमन्त्री पाण्डेले आज नेपाली कांग्रेसबाट ६ मन्त्रीहरु…

पुरा पढ्नुहाेस्

बागमतीमा काँग्रेसबाट ६ मन्त्री थपिए

पुस ९, काठमाडौँ । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लागेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज नेपाली कांग्रेसबाट ३/३ जना मन्त्री र राज्यमन्त्री नियुक्त गर्दैछन् । कांग्रेस स्रोतका अनुसार कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा बलराम पौडेल नियुक्त हुने भएका छन् । त्यस्तैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र रजनी अमात्य जोन्छे उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्ने पक्का भएको छ । यसअघि कांग्रेसले ३ मन्त्री र…

पुरा पढ्नुहाेस्

आज बागमतीका मुख्यमन्त्रीले जवाफ दिने, माफि नै माग्नुपर्ने एमालेको अडान

पुस ८, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक ११ बजे बस्नेछ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको कुराको जवाफ दिने भएका छन् । एमालेले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने,मुख्यमन्त्री पाण्डेले धादिङमा दिएको सार्वजनिक अभिव्यक्तिीबारे माफी माग्नुपर्ने र मन्त्रालय विभाजनको विषय सदनमा स्पष्ट रुपमा जवाफ दिनुपर्ने माग गर्दै बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको गरेको थियो । एमालेका सांसदहरुको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले आज बस्ने गरी बुधबारको बैठक स्थगित गरेका थिए । एमालेको कारण संसद बैठक…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशसभाको बैठक पुस ७ गते बस्ने

मंसिर २५, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । सचिव खड्काले दिएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ ।

पुरा पढ्नुहाेस्

मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् विस्तारमा बाग्मतीका मुख्यमन्त्री

मंसिर १८, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् विस्तारमा लागेका छन् । कात्तिक ११ गते गठबन्धनबाट नेतृत्व गर्दै सत्तारोहण गरेका पाण्डेले सत्तारुढ गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फ्टाएर जम्बो मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । पाण्डेले हाल रहेको ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउन लागेका छन् । मन्त्रालय फुटाउन लागेका मुख्यमन्त्री पाण्डेले मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय नै गराएर राजपत्रमा सूचना समेत प्रकाशन गराइसकेका छन् । राजपत्रमा प्रकाशित सूचनाका अनुसार बागमती प्रदेश सरकारले भूमि,…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशमा पाँच वैज्ञानिक अध्ययन

कार्तिक १९, हेटौंडा । बागमती प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्दै हाल विश्वमा नै नयाँ प्रकारका ५ वटा विषयमा अनुसन्धान गरिरहेको छ । विज्ञानसम्बन्धी नयाँ विषयमा अध्ययन अनुसनधान गर्ने योजना र जानकारी भएका युवाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको छ । सोही अन्तर्गत बागमती प्रदेशमा हाल युवाहरुले नयाँ वैज्ञानिक अनुसन्धान गरिरहेका छन् । प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्ने उद्वश्यले युवा वैज्ञानिक कोष स्थापना गरेको छ । जसको लागी वर्षेनी प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने कानुनी बाध्यता छ । हाल सो कोषमा प्रदेश सरकारले २५ करोड रुपैयाँ…

पुरा पढ्नुहाेस्