बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै

असार १३, काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक मंगलबार साँझ ६ बजे बस्ने भनिए पनि विशेष कारणवश स्थगित भएको थियो । विनियोजित बजेट २०८०र०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेकाले मंगलबार साँझको बैठक स्थगित भएको थियो ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी पुनः स्थगित

असार २०, काठमाण्डौ । बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी पुनः स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको अवरोधका कारण दिउँसो ३ बजेका लागि सारिएको थियो । विपक्षी दलहरूको अवरोध हटाउन सभामुख सानुकुमार श्रेष्ठले आफ्नै निवासमा आइतबार दिउँसो १ बजे विपक्षी दलहरूसँगको छलफल गरी सोमबार दिउँसो १ बजेदेखि बैठक सञ्चालनका लागि दलहरु सहमत भएको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।  

पुरा पढ्नुहाेस्

बागमती प्रदेशसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

जेठ १६, काठमाण्डौ । बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बागमती प्रदेशसभाको आज बसेको ८ औं अधिवेशन बैठकले प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधन प्रति शोक प्रस्ताव पारित गर्दै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ १७ गतेसम्मका लागि स्थगित गरेका छन् । प्रदेशसभाको अर्को बैठक बिहान ११ बजे बस्ने बस्ने छ ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बैशाख २, हेटौडा । लामो समयसम्म रोकीएको बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने बताए । प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । बैठक सन्चालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन् ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

फागुण ५, मकवानपुर । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बुधबार दिउँसो २ बजे बस्ने भनिएकामा विशेष कारणले सभामुखले स्थगन गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहको आरोप छ ।  

पुरा पढ्नुहाेस्