बागमती प्रदेशसभा सदस्यहरूको शपथ पुस १४ गते

पौष ८, काठमाण्डौ । आगामी पुस १४ गते बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको हो । प्रदेशसभाका सदस्यहरुको शपथका लागि प्रदेशसभा सचिवालय हेटौंडाको परिसरमा आवश्यक व्यवस्थापन मिलाउने गरी बैठकले निर्णय गरेको छ । बैठकले पुस १३ गतेका लागि प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम गर्ने निर्णय गरेको छ । जेष्ठ सदस्यको शपथ पश्चात अरु १०९ जना सांसदहरुलाई शपथ ग्रहण गराइने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी…

पुरा पढ्नुहाेस्