बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने

असार २१, हेटौंडा । बागमती प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभा भवन हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आर्थिक वर्ष २०८र०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलहरुले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गरेर अघि बढ्ने बताएपछि बैठक सुचारू भएको थियो । यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा बिभेद गरेको भन्दै बजेट माथी छलपफल चलाउन दिएको थिएन तर बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ गरेर अघि बढने प्रतिबद्धता जनाए पछि बुधवारबाट बैठक सुचारू भएको हो ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

असार १२, हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०र८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको छ ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेश सभाको बैठक बस्दै

फागुन १०, हेटौँडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठक अपरान्ह २ बजे बोलाइएको हो । सम्भावित कार्यसूची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ । यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेश सभाको बैठकमा एमाले सहभागी

कात्तिक ४, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले) सहभागी हुने भएको छ । यसअघि वडा अधिवेशनलाई कारण देखाउँदै एमाले बागमती प्रदेश संसदीय दलले सभामुखलाई प्रदेशसभा बैठकमा सांसदहरू उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएको थियो । तर, आजको बैठकमा सहभागी हुने सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री केशव राज पाण्डेले जानकारी दिए । यता एमाले मुख्य सचेतक दीपक निरौलाले पार्टीको अधिवेशन भएका कारण हामीले प्रदेशसभाको बैठक सार्न सभामुखलाई आधिकारिक पत्र बुझाइसकेका बैठकमा आफूसहित धेरै सांसदहरु उपस्थित हुन नसक्ने बताएका छन् । उनले बैठक ११…

पुरा पढ्नुहाेस्

बागमती प्रदेश सभाको बैठक ३ बजे बस्दै

असोज २४, हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेशको सरकारले असोज २४ गतेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गरे बमोजिम आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो । यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने…

पुरा पढ्नुहाेस्

बागमती प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

असार २१, काठमाण्डौ । बागमती प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण गत शनिवारदेखि सुचारु हुन नसकेको बैठक सोमबार दिउँसो एक बजेका लागि आह्वान गरिएको भए पनि विपक्षी दलका सांसदहरुले विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूले असहमति जनाउँदै आएका छन् । सोमबार पनि प्रदेश सभाको बैठक अघि बढ्न नपाउँदै विपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय…

पुरा पढ्नुहाेस्