बाग्मतीमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार

पौष ३०, हेटौडा । बाग्मती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आउँदो माघ ३ गते मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको हो । प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका उनले विश्वासको मतका लागि तयारी गर्न प्रदेश सभा सचिवालयलाई आग्रह समेत गरेका छन् । मुख्यमन्त्रीले शपथ लिएकै दिनमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले अर्थ मन्त्रालय र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई विनाविभागीय मन्त्री बनाएपछि यस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छैन । अरु सबै मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलसँगै छ…

पुरा पढ्नुहाेस्