बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

असार २६, काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँले  चार हजार ७७७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै‚ उपमेयरमा एमालेकी मायाकुमारी खड्का चार हजार ७२७ मत सहित विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता शाहीले तीन हजार ७५५ मत प्राप्त गरेकी छन्। १० वडा रहेको नगरपालिकाको वडा नं १‚ २‚ ३‚ ५‚ ६‚ ९ र १० का वडाध्यक्षमा…

पुरा पढ्नुहाेस्

बाजुराको बुढीगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद निर्वाचित

असार २५, काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद निर्वाचित भएका छन् । कांग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका हुन्। विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याए भने मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे । नगर प्रमुखमा भने एमालेबा रामबहादुर बाँनिया कांग्रेसबाट रंगबहादुर खाति चुनावी प्रतिस्पर्धामा छन्। यसअघि बुढीगंगा(१ मा पनि एमाले विजयी भइसकेको छ।

पुरा पढ्नुहाेस्