बाजुरा केन्द्रबिन्दु भएर गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प

बैशाख १५,बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का बाजुरासहित आसपासका विभिन्न जिल्लामा महसुस गरिएको थियो । बाजुरा केन्द्रबिन्दु भएर त्यसअघि हिजो नै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पुरा पढ्नुहाेस्

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प,भारतमा पनि झट्का महसुस

माघ १०, काठमाडौँ । बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का काठमाडौंसम्म पनि महसुस गरिएको थियो, भने भारतको नयाँदिल्ली, देहरादून, पिथौरागढमा पनि ठुलो झट्का महसुस गरिएको भातरीय मिडियाले जनाएका छन् ।

पुरा पढ्नुहाेस्

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

कार्तिक २४, काठमाण्डौ । बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो । आठ जना घाइते भएका…

पुरा पढ्नुहाेस्