बारा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १७ पुग्यो

आश्विन २१,काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । भरतपुर अस्पतालमा गएराति बारा कलैयाकी १२ वर्षीया कृतिका चौधरीको ज्यान गएपछि मृतकको संख्या १७ जना पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । हिजो हेटौंडा र चितवनका अस्पतालमा गरी १६ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएका सबै १७ जनाको परिचय खुलेको छ । हेटौंडा अस्पतालमा ल्याइएका मृतकको शव पोष्टमार्टम गरी आफन्तले बुझेका छन् । घाइतेमध्ये २१ जनाको चितवन, आठ जनाको वीरगञ्ज र पाँच जनाको…

पुरा पढ्नुहाेस्