बारा २ मा उपेन्द्र यादवको विजय सुनिश्चत: प्रचण्ड

बैशाख ७,बारा । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा २ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको विजय सुनिश्चत रहेको बताएका छन् । यादव सङ्घीयताका लागि लडेको व्यक्ति भएको उल्लेख गर्दै प्रचण्डले उनले जित्नुपर्ने बताए । बिहीबार बारा २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यादवले चुनाव जित्नु भनेको सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका लागि लड्ने शक्तिले जित्नु भएको दाबी गरे । उनले भने, ‘पटक पटक संसद विघटन गर्ने शक्तिविरुद्ध लड्नका लागि गठन भएको गठबन्धनलाई अझै बलियो बनाउनुपर्छ ।’ गठबन्धनलाई बलियो बनाउन नै यादवलाई बारामा चुनाव लड्न पठाएको…

पुरा पढ्नुहाेस्