माघ १५,काठमाडौँ । सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आरोप लगाएका छन् । महानगरपालिकाले संविधान र कानुन विपरीत डोजर चलाइरहेको भन्दै आइतबार महानगरबासीको ठूलो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनपछि सम्बोधन गर्दै सायमीले मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको बताए । ‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन् । पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौं’ उनले भने, ‘अहिले न सूचना दिएको छ, न मार्किङ गरेको…
पुरा पढ्नुहाेस्