काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन धन्यवाद सभा गर्दै

जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका हुन् । उनले पाँच दलसहितको सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारमाथि भारी मतान्तरले जित निकालेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे । आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत ल्याए । उपप्रमुख ९उपमेयर० मा भने सुनिता डंगोल अत्याधिक मतले निर्वाचित भइन्…

पुरा पढ्नुहाेस्

काठमाडौँमा बालेन : वर्तमानको सोच र दिशाको मत किन नभन्ने ?

-वृषेशचन्द्र लाल                                अहिले सम्मको मत परिणामको गति हेर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र उर्फ बालेन साहको जित निश्चित जस्तो देखिन्छ । उनी जित्दाको असर जित पछिका दिनहरूमा त आउने नै छ । तैपनि उनको जितको बढ्दो सम्भावनाले सिण्डिकेट मानसिकता बोकेकाहरूमा अहिले नै देखिएको छटपटी, निदान हुन नसक्ने पीडा र काबु बाहिरको स्थितिको बोधको त्रासदी लोकतन्त्रको निमित्त गम्भीर ध्यानाकर्षणको विषय भएको छ । लोकतन्त्रको सबैभन्दा निर्विकल्प आधार स्तम्भ, जनताको प्रत्यक्ष सहभागिताको सुन्दरतम पक्ष निर्वाचनको परिणामलाई स्वीकार्न…

पुरा पढ्नुहाेस्