भारतको ७६ औं स्वतन्त्रता दिवसको उत्सव

साउन ३०,काठमाडौँ । भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको छ । दूतावासका काउन्सिलर श्री प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । तत्पश्चात उनले भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गर्नुभएको सम्बोधन पढेर सुनाए । भारतको स्वतन्त्रताको खातिर हाम्रा स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरे…

पुरा पढ्नुहाेस्