भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा नयाँ संसद् भवनको उद्घाटन

जेठ १४,नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । उद्घाटनसँगै मोदीले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको सुनको राजदण्ड पनि संसद् भवनमा स्थापना गरेको बीबीसी हिन्दीले जनाएको छ । नयाँ भवन उद्घाटनका लागि राष्ट्रपतिलाई आग्रह नगरिएकोमा प्रतिपक्ष दलहरूले सरकारको आलोचना गर्दै उद्घाटन कार्यक्रम बहिस्कार गरेका हुन् । सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) ले चाहिँ विपक्षीहरूको बहिष्कारलाई लोकतन्त्रप्रतिको अनादर भनेको छ । नयाँ संसद् भवन सङ्घीय राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर कोरिडोरको विकास गर्ने सरकारको महत्त्वाकाङ्क्षी परियोजनाको हिस्सा हो । नयाँ भवनको उद्घाटन गर्दै मोदीले संसद् भवन उद्घाटन…

पुरा पढ्नुहाेस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुुम्बिनी भ्रमणका लागि तयारी तीव्र

बैशाख २९, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुुम्बिनी भ्रमणका लागि तयारी तीव्र पारिएको छ । मोदी जेठ दुई गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाउन हिजो भारतीय सुरक्षाकर्मी एसपीजी स्पेसल प्रोटेक्सन गार्ड लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो ।

पुरा पढ्नुहाेस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना खोप लगाए

फागुण १७, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सोमबार असमको गम्छा भिरेर नयाँ दिल्ली एम्स अस्पताल पुगेका मोदीलाई पुडुचेरीकी नर्स पी नेवादाले भारत बायोटेकको कोभ्याक्सिन खोप लगाइदिएकी थिइन् साथमा केरलकी नर्स रोसम्मा अनिल उपस्थित थिइन् । यी तीन राज्यमा २७ मार्च देखि ६ अप्रिलमा विधानसभा चुनाव हुँदैछ ।

पुरा पढ्नुहाेस्