भारतीय सहयोगमा दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

साउन १६,तनहुँ । भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख  शान्तिरमण वाग्लेले भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२ करोड १ लाख ९० हजारको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन…

पुरा पढ्नुहाेस्