भारतीय सहयोगमा विदुरमा त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

साउन १७,नुवाकोट । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन पश्चात जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको थियो । कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२ करोड ५० लाखको…

पुरा पढ्नुहाेस्