भ्रमण बर्ष २०२० को भब्य उद्घाटन, देश नै पर्यटनमय बन्यो (फोटोफिचर)

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ । दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ औपचारिक उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु भएको हो । उद्घाटन कार्यक्रममा विभिन्न देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधि लगायत सहभागी छन् । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुति दिएका छन् । कार्यक्रममा नेपाल घुम्न आउ भन्ने सन्देश दिने गरी तयार पारिएको नयाँ भ्रमण वर्ष प्रवद्र्धनात्मक संगीत सार्वजनिक गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० शुभारम्भका केहि फोटोहरु हेर्नुहोस् :

पुरा पढ्नुहाेस्