मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने

असोज १०, काठमाण्डौ । सरकारले आगामी १ मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने दाबी गरेको छ । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना उपत्यका ल्याउने कोसिस थालिएको अन्दाज लगाउन मुस्किल नभए पनि वर्षाको समयमा मेलम्ची नदीमा बाढी आउन सक्ने र प्राकृतिक विपत्तिका कारण मेलम्ची खानेपानी आयोजनामा हुन सक्ने ठुलो वित्तीय नोक्सानी रोक्नका लागि यसअघि पनि खानेपानी बन्द गरिएको थियो। । तर, खानेपानी मन्त्रालयले आगामी चुनाव अगाडि नै उपत्यकाको धारा(धारामा खानेपानी ल्याउने गरी काम अगाडि बढाइएको जानकारी गराएको छ…

पुरा पढ्नुहाेस्