मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण अन्तिम चरणमा

साउन २५, पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । केही ठाउँ बाहेक पर्वतको २४ किलोमिटर सडकको निर्माण सकिएको छ । कुश्माबजार र पातीचौर बजारमा ४ लेन र अन्य भागमा दुई लेनमा सडक विस्तार भइरहेको छ । मालढुंगादेखि नयाँपुलसम्म, डिमुवादेखि दोविल्लासम्म र चुवा क्षेत्र तथा छमर्केलगायत ठाउँमा कालोपत्रको काम सम्पन्न भइसकेको छ । साँघुरो र ठाउँ ठाउँमा भत्किएको सडक स्तरोन्नति भएपछि सवारी सञ्चालनमा अहिले धेरै सहज भएको सवारीचालक वसन्त बास्तोलाले बताए । भूकम्प, नाकाबन्दी, कोरोना महामारीदेखि बर्खामा बाढी पहिरोको चपेटामा परेर सडकको निर्माणले गति लिन नसकेको…

पुरा पढ्नुहाेस्