मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण प्रगति ९५ प्रतिशत

फागुन २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ ।…

पुरा पढ्नुहाेस्

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट मिति तोकियो

कार्तिक १०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । शुक्रबार बिहान ९ बजे आईपीओ बाँडफाँट गरिने सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको सेयरमा सर्वसाधारणबाट मागभन्दा ४.१९ गुणा बढी आवेदन गरेको विक्री प्रबन्धकले जनाएको छ । कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कुल सेयरमध्ये…

पुरा पढ्नुहाेस्

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्दै

चैत्र १७, काठमाण्डौ । मध्य भोटेकोशी जलविधुत कम्पनीले आइपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । शेयर जारी गर्न २०७६ माघ १० गते निवेदन दर्ता गराएको कम्पनीको आईपीओ स्वीकृत हुने अन्तिम चरणमा रहेको छ । सो जलविधुत कम्पनिको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले यसअघि सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४…

पुरा पढ्नुहाेस्